घरेलु मदिरा बिरुद्ध प्रहरीको अभियान
गुगलपाटी संवाददाता हेटौंडा,२५ असार
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घरेलु मदिरा बिरुद्ध बिशेष अभियान संचालन गरेको बताएको छ ।
उसले मदिराका कारण समाजमा गलत कृयाकलाप बढेको भन्दै मदिरा बिरुद्ध अभियान चलाइएको बताएको हो । सो क्रममा मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर २ मा लुकाइ राखिएको अवस्थामा बरामद भएको ६५ लिटर मदिरा सोमबार नष्ट गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शिवराइ गाउबाट खटिएको प्रहरीको टोलीले उक्त मदिरा बरामद गरेको थियो । प्रहरी सहायक निरीक्षक मनोज चौधरीको टोलीले बरामद गरेको मदिरा नष्ट गरिएको मकवानपुर प्रहरीले बताएको छ ।