डा.केसीको जीवनमा ध्यान दिन बौद्धिक मंचको माग(बिज्ञप्ती सहित)

गुगलपाटी संवाददाता हेटौंडा,२७ असार
२७ असार २०७५ ११:०७

बौद्धिक मंच मकवानपुरले अनसनरत डा.गोबिन्द केसीको मागका बिषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै मंचका अध्यक्ष सम्राट तुम्बाहाङ्फेले डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेकोमा चिन्ता जनाएका हुन् । त्यसैगरी उनले मुलुकमा देखिएको बभिन्न समस्या समाधान गरी राष्ट्रियता र मुलुकको सार्वभौमप्रति जिम्मेवार बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।