गंगामायाले तोडिन् अनशन
गुगलपाटी संवाददाता काठमाडौँगोरखा फुजेलकी गंगामाया अधिकारीले शुक्रबार आमरण अनशन तोडेकी छन् । वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै अनसन बसेकी गंगामायालाई कानुन मन्त्री शेरबहादुर तामाङले जुस खुवाएर अनशन तोडाएका हुन् ।
छोराको हत्यामा संलग्न छविलाल पौडेल पक्राउ परेपछि उनले अनशन तोडेकी छन् । उनी यही मंगलबारबाट आमरण अनशन बसेकी थिइन् । अनशनकै क्रममा उनका पतिको नन्दप्रसादको मृत्यु भएको थियो । कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो ।