हरायो बिक्रम ट्याम्पो भरियो अटो र मयुरीको घ्याम्पो
krishnaudas khanal hetaudaकृष्णउदास खनाल
मकवानपुर। शुक्रबार बिहान कमाने चोकमा हृदयराज गौतम ट्याम्पुको पतीक्षामा रहेका थिए । उनी हेटौंडा बजार आउनका लागि ट्याम्पो कुर्दै थिए तर एक घण्टा कुर्दापनि ट्याम्पो नआएपछि उनी ट्यामेको बिकल्प खोज्दै थिए । त्यसबीचमा धेरै साना सवारी साधनहरु हुँइकीरहेका थिए । यतित्तकैमा एकजना अटोका चालक आएर “दाई बजार जाने हो” भनेर सोध्यो । उनले पनि हो भने ।तर अटोको भाडा सुुनेर हृदय झस्किए तर उनीसंग बिकल्प पिन थिएन अन्ततः ५० रुपैयाँ लिएर उनी हेटांडा बजार आए ।
सरकारले चैत १ गतेपछि २० बर्ष पुराना सवारी साधन बन्द गर्ने भन्दै हेटौंडाको कमाने भएर चल्ने ट्याम्पो बन्द गरेपछि अहिले कमाने क्षेत्रका स्थानीयहरुले गौतमको जसरी नै चर्को र मनलाग्दीको भाडा तिएर बजार आउन बाध्य छन् । सरकारले बिकल्प बिनानै ट्याम्पो हटाएको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् । कमानेबाट जम्मा १५ रुपैयाँमा बजार आउने यात्रुहरु अहिले प्रत्यक्ष रुपमा ठगिने गरेको गौतमले बताए । उनले सरकारले बिकल्प नै नदिइ गरेको यो निर्णयले हजारौं यात्रु मारमा परेको बताए ।
हेटौंडाको कमाने क्षेत्रबाट फागुन ३० गतेसम्म दैनिक दुई सयको हाराहारीमा ट्याम्पो संचालनमा रहेका थिए भने उनीहरुले यात्रुहरुलाई सुबिधा दिनुका साथै उनीहरुको पनि रोजीरोटी चलेको थियो । सरकारको यो निर्णयले आफ्नो सहित परिवारको समेत उठीवास हुने अवस्था आएको स्थानीय एक ट्याम्पोका चालक शंकर घलानले बताए । यद्यपी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नवीन अधिकारीले भने सरकारी निर्देशन अनुसार ट्याम्पो संचालनमा रोक लगाइएको बताए ।