हेटौंडा मगर संघको आयोजनामा मगर अगुवाहरुको अन्तरकृया कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडा,३० असारनेपाल मगर संघ हेटौंडा नगर समिति मकवानपुरले मगर अगुवासँग शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा स्थित एक होटलमा नेपाल मगर संघ नगर कार्य समिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मगरहरुको अवस्था र भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मगर संघका केन्द्रीय सदस्य सल्लाहकार बिश्व आले मगरले मगर जातीको अधिकार रक्षाका लागि आफुहरु एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मगर संघ जिल्ला उपाध्यक्ष होम बहादुर राना मगरको मुख्य सहजिकरण रहेको थियो । मगर संघ नगर कार्य समिति हेटौंडाका अध्यक्ष मनोज थापा मगरको सभापतित्व सम्पन्न भएको कार्यक्रममा भूपू केन्द्रीय सदस्य कुश कुमार थापा मगर, बिश्व थापा मगर, लगायतले आफ्ना धारणा राखेका थिए । नगर कार्य समितिका उपाध्यक्ष भरत ठाडा मगरले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजाराम थापा मगरले गरेका थिए। कार्यक्रममा हेटौंडाका सबै १९ वडाकै मगर जातीको अवस्थाको बिषयमा उर्मिला पुलामी मगर,बिष्णु राना मगर , रबिन्द्र दर्लामी मगर,मधु थापा मगर र जय बहादुर पुलामी मगरले आआफ्नो वडाको बिषयमा कार्य प्रगतिको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा उलेख्य संख्यामा मगर समुदायका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल मगर युवा संका केन्दीय अध्यक्ष अशोक सारु मगर,आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष तीर्थ थापा मगर लगायतको सहभागिता रहेको थियो ।