डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन
गुगलपाटी संवाददाता काठमाडौं३२ असार २०७५ १२:२८
सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।