बातावरण जोगाउनका लागि बिरुवा बितरण

गुगलपाटी संवाददाता मनहरी
३२ असार २०७५ १२:४३

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्त समुहले आफ्ना उपभोक्तहरुलाई बिभीन्न प्रजातीका बिरुवा बितरण गरेको छ । एक घर एक बिरुवा रोपौ ,स्वच्छ वातावरण बनाऔ भन्ने मुल नाराका साथ ८ प्रजातीका एक हजार ६ सय ५० बिरुवा १ सय ५० घर धुरिलाई बितरण गरेको हो । नेमारु , निम चाँप, अमला , टाँकी , श्रीखण्ड, बाँस, बैकानो लगाएतका प्रजातीका बिरुवाहरुलाई डिपाट सामुदायिक वनको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

पछिल्लो समयमा स्थानीय उपभोक्तहरुले वनको महत्वको बारे जानकार भएकाले आफ्ना खाली रहेको बारीमा बिभीन्न जातका विरुवाहरु बृक्षरोपनमा सक्रिीयता देखीएको डिपाट समुहका अध्यक्ष दिपक मुक्तानले बताए । उपभोक्तहरु अहिले वन संरक्षणमा सकृयता भएसंगै उपभोक्तहरु प्रति आफु निकै खुसी रहेको अध्यक्ष मुक्तानले बताए । इलाका वन कार्यलय मनहरिबाट बिभीन्न जातका बिरुवा खरिद गरि उपभोक्तहरुलाई बितरण गरिएको हो । वन समुहले श्रीखण्डका बिरुवालाई परिक्षणको रुपमा आफन सामुदायिक बन भित्र रोप्ने लागीएको जानकारी दिए