पहिलो पटक फेशन शो सम्पन्न
गुगलपाटी संवाददाता काठमाडौं
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा पहिलो पटक ‘फेशन शो’ काठमाडौमा सम्पन्न भएको छ ।
राजधानीमा आयोजित ‘एनसिएमटीए फेशन शो २०१८’मा दर्जनबढि मोडलहरु विभिन्न परिवेश र संस्कृति झल्काउने भेषभुषामा र्याम्पमा हिँडे ।पाँच सिक्वेन्समा र्याम्प चल्दा मोडलहरुलाई सबैजसो ड्रेस उपलब्ध तथा डिजाइनको काम कपडा तथा सिलाई व्यवसाय संघसँग आवद्ध सिलाई व्यवसायीहरुले गरेका थिए । नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा मोडलहरुले विभिन्न क्षेत्र र तप्काका विशिष्ट व्याक्तित्वहरुको उपस्थिती सहितको कार्यक्रममा आफुलाई प्रस्तुत गरे ।
राग रागिनी इन्टरटेन्मेन्टको सहकार्य र रशलाइट मिडियाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा रमिता भण्डारीले कोरियोग्राफी गरेकी थिइन् ।इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा सम्पन्न कार्यक्रममा र्याम्प प्रस्तुतीसँगै ठमेल बजार गायिका मिना निरौलासँगै गायक कपिल कस्पाल श्रेष्ठ लगायतले गायन प्रस्तुति दिए भने बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य प्रस्तुत गर्दा सरास्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत भयो ।
देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको ऐकेबद्धता रहेको कार्यक्रमले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पनि यो प्रकारको कार्यक्रम गर्न सक्षम रहेको सन्देश सहित राष्ट्रिय कल्चर प्रवर्धनमा कार्यक्रम कोशेढुङ्गा साबित भएको संघ अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।
शो मा मोडलहरुको लागी ‘लेडिज वेर डिजाइन’ प्रगती लेडिज टेलर्स, स्वाँपू बुटिक, सिया बुटिक, टिपटप बुटिक, सज्जा लेडिज टेलर्स, जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र र शान्ति लेडिज टेलर्स एण्ड प्रशिक्षण केन्द्रको तर्फबाट गरिएको थियो भने जेन्सतर्फ सियारामस सुटिङ, श्रेष्ठ टेलरिङ, ह्यारी कलेक्सन, मेरो टेलर्स, ओम शान्ति टेलर्स, सुटमाण्डु प्राली, जेबी टेलर्स, मोनालिसा टेलर्स, रेमण्ड सप, संगम सुटिङ, चिनर सुटिङ र कुमार सर्टिङले सहकार्य गरेका थिए ।
कार्यक्रम संयोजक तथा आयोजक संस्थाका महासचिव सदिश श्रेष्ठले उद्देश्यउपर कार्यक्रम सफल भएको भन्दै भोलीको दिनमा पनि यो प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।