मनहरी पुगेर पुनले दिए छात्रबृत्ति रकम

गुगलपाटी संवाददाता मनहरी,१ साउन
१ श्रावण २०७५ १३:४१

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन मनहरि गाउँपािलका आइपुगी मनहरी ७ का एक चेपाङ बिद्यर्थीलाई सहयोग स्वरुप छात्राबृत्ति प्रदान गरेका छन् ।
मंगलबार मनहरीमा एक कार्यक्रमको आयोजना गरि पुनले मनहरी ८ मा रहेको मनहरी बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्यनरत मनहरि ७ पेङचेका सबिन प्रजालाई ३५ हजार छात्रबृत्ति स्वरुप चेक प्रदान गरेका हुन् । अमेरिकामा अध्यानरत नेपाली बिद्यर्थीहरुले पुन मार्मत पठएको रकम हस्तान्तरण गरिएको हो । गरिब तथा जेहेनदार बिद्यर्थीहरुले आर्थिक अभाबकै कारण शिक्षा हासिलबाट पछि हट्नु नपरोस भन्दै सहयोग गरिएको पुनले बताए ।

पछिल्लो समयका युवा पुस्ताहरु सुचना प्रबिधीमा निकै अघि रहेको भन्दै पुनले सुचना प्रबिधीके बिकासमा आफु सधै लागी परिरने बताए । गरिब तथा जेहेन्दार बिद्यर्थीहरुके मनाबेबल बृद्धी हुने गरि सहषेग गरिएकोमा पुनलाई मनहरि गाउाँपािलका अध्यक्ष एकराज उप्रेतीले धन्यबाद ज्ञपान गरे । पुन संगै मनहरिमा पुर्व अर्थ सचिब रामेश्वर खनाल पनि उपस्थीत रहेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा मनहरि गाउँपालिकाका अध्यक्ष्ँ एकराव उप्रेती , युबासंघ नेपाल ३ नम्बर प्रदेहशका नबिन सुबेदी कंैलास गाउँपालिकाका आध्यक्ष टैक मोक्तान राष्ट्रिय रोटरि माबिमा प्रधानध्यापक गोबिन्द पौडेल लगाएतकाधको उपस्थी रहेको थियो ।