डा. केसीलाई जवरजस्ती काठमाडौं लाने तयारी
गुगलपाटी संवाददाता जुम्लास्वास्थ्य शिक्षा सुधारका माग राखेर १९ दिनदेखि कर्णाली प्रदेशको जुम्लामा अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लाने तयारी गरेको छ। त्यसका लागि अनसनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकोप्टर स्ट्यान्डबाइ राखिएको छ।
प्रहरीहरू अनसनस्थल जान खोजिरहेका छन्। तर केसीका पक्षधर, स्थानीयबासी र विद्यार्थीहरूले प्रहरी तथा सरकारी टोलीलाई अनसनस्थल प्रवेश गर्न दिइरहेका छैनन्। उनीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटसम्मै बसेर प्रहरीको प्रवेशमा अवरोध गरिरहेका हुन्।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले गृह मन्त्रालयको निर्देशन बमजोजिम केसीलाई जीवन रक्षाका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए।
यसैबीच अनशनरत डा. केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’का रूपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका छन्।यस्तो छ बहुचर्चित माथेमा कार्यदलको प्रतिवेदन नेकपाको निर्णय केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार, त्यसपछि वार्ता
चिकित्सा शिक्षाबारे सरकार न संविधान पालना, न आफ्नै घोषणापत्र
किन अवरुद्ध भयो केसीसँगको वार्ता
डा। केसीपक्षको वार्ता टोली सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको बताए। उनले भने, ‘सरकारले डा। केसीलाई सत्याग्रहीका रूपमा लिनु पर्छ। तर बिरामी सम्झेको छ। उहाँलाई उपचार गर्न काठमाडौं ल्याउने र संसद्बाट विधेयक पारित गर्ने मनशाय राखेको छ।’