नारायणगढ मुग्लिङ सडकको सुचारु(अपडेट)
गुगलपाटी संवाददाता चितवननारायणघाट–मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहान पहिरोले अवरुद्व भएको उक्त सडक पौने दश बजेपछि सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण बिहान सवा पाँच बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार दुईवटा डोजरले पहिरो पन्छाइएको हो ।
पहिरो गएपछि जुगेडी र मुग्लिङमा गाडी रोकिएका थिए । उक्त सडकखण्डको टोपे खोला र चारकिलोमा पहिरो जोखिम क्षेत्र हो। यस क्षेत्रमा पहिरोका कारण केही दिनअघि १२ घण्टा सडक अवरुद्व भएको थियो।भौगोलिक बनावट कमजोर भएकाले पहिरो नियन्त्रण गर्न मिल्ने अवस्था समेत नभएको बताइन्छ।