काठमाडौं फर्किए डा.केसी,प्रहरीमाथि गोली प्रहार
गुगलपाटी संवाददाता काठमाडौंजुम्लामा अनसनरत डा। गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् ।
झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।
प्रहरीमाथि गोली प्रहार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।
प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । विद्यार्थीलाई तितर बितर पार्ने क्रममा प्रहरीले हानेको गोली प्रहरीमाथि नै लाग्न पुगेको थियो ।
त्यही बेला विद्यार्थीलाई हटाउन भिडमा पसेका थिए प्रहरी जवान कमल उपाध्याय । विद्यार्थीहरुलाई तितरबितर पार्ने काममा जुटिरहेका बेला प्रहरीको तर्फबाट गोली हानियो । विद्यार्थीलाई लक्षित गरी हानिएको गोली उपाध्यायको दाहिने छातीमा गएर लाग्यो ।
गोली लागेर ढलेका उनलाई तत्कालै प्रतिष्ठानमै भर्ना गरेर अप्रेशन अघि बढाइएको छ । रगत अभाव भएपछि त्यहाँ उपस्थित पत्रकारदेखि विद्यार्थीसम्मले १० पोइन्ट भन्दा धेरै रगत दिएका छन् । जिल्ला प्रहरी कार्यालयले गोली नचलाएको बताएपनि उपाध्यायको छातीको एक्सरे रिपोर्टमा गोली नै देखिएको छ । त्यही गोली निकाल्ने प्रयासमा प्रतिष्ठानका चिकित्सकहरु जुटेका छन् ।