प्रदेशसभा तीनमा काँग्रेसको अबरोध : संसद स्थगित

गुगलपाटी संवाददाता हेटौँडा ३ साउन
३ श्रावण २०७५ १२:३०

सडक र सदन दुबै ठाउँमा आन्दोलन चर्काउने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तीन नम्बर प्रदेशसभा अबरोध गरेपछि बिहीबारको प्रदेशसभा बैठक स्थगित भएको छ ।
काँग्रेस सभासदहरुको अबरोधपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार दिउँसो दुई बजे बैठक सुरु भएलगत्तै विषेश समय लिएर काँग्रेस संसदीय दलतका नेता इन्द्र बानियाँले बोलेपछि काँग्रेस सभासदहरुले उठेर संसद चल्न नदिने जनाएका थिए ।
विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले सरकारले अधिनायकवादी चत्रिर देखाएकाले संसद चल्न नदिने बताएका थिए । तीन नम्बर प्रदेशमा सरकारले भूकम्प पीडितलाई सम्बोधन गर्न नसकेको, संविधान विपरित बजेट बक्तव्यमा जनयुद्ध शव्द प्रयोग गरेको, उद्योग बर्ष घोषणा गरेपनि राहतको कुनै प्याकेज ल्याउन नसकेको लगायतका विषय उनले उठाएका थिए ।
विहिबारको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दिपक निरौलाले अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने तथा मूख्यमन्त्री तथा मन्त्रीहरुको सेवा तथा सुविधा सम्बन्धी विधेयक पनि सभामा प्रस्तुत गर्ने कार्यसूचि रहेको थियो ।