तीस बर्ष कैद सजायँ सुनाइएका अभियुक्त पक्राउ
गुगलपाटी संवाददाता हेटौंडा,३ असारमकवानपुर प्रहरीले ३० बर्ष कैद सजायँ तोकिएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको नामटारबाट स्थानीय दशरथ परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिरुद्ध २०६४ साल बैशाख १३ गते जिल्ला अदालत मकवानपुरले जीउ मास्ने बेच्ने मुद्दामा ३० बर्षको कैद सजायँ तोकेको थियो ।
यसैबीच मकवानपुर प्रहरीले मकवानपुर हेटौडा नगर स्थित बिभिन्न स्थानबाट ना ५ त ८०८८, ना ४ त ५९१९, ना ३ त २९१३, ना ४ त १९९५ नं को ट्याक्टर तथा ना ७ ख ८६१६ नं को टिपरहरुमा नदिजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।