मनहरीमा फेरि बृक्षारोपण

गुगलपाटी संवाददाता मनहरी
३ श्रावण २०७५ १२:५९

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँ बस्तीमा अबस्थीत कत्तेले खोल्सी झोरा नियन्त्रणका लागी माटो उठाएको स्थानमा आज बृक्षरोण गरिएको छ । वर्षातको समयमा बस्तीमा पानि पस्ने स्थानमा खोला नियन्त्रणका लागी उठाएको स्थानमा बृक्षरोपन गरिएको हो । डिपाट सामुदायिक वनको सक्रियतामा ३ हजार बिरुवा रोपीएको हो ।

खोलाले कटान गर्ने उच्च संभावना रहेको स्थानमा बास ,निम, बकाइनो तथा मसला जातका बिरुवा रोपिएको हो । बिरुवाको ब्यबस्थापन मनहरि गाउँपालिका तथा तत्कालिन जिल्ला वन कार्यलय मकवानपुरले गरेको हो । बृक्षरोपन कार्यक्रममा सांसद ओम घलानको पनि उपस्थीत रहेको थियो । सांसल घलानले स्थानीयहरुलाई बृक्षरोपन गर्दाको फाईदा बारे चर्चा गरेका थिए । सांसद घलानले बृक्षरोपन गर्दा भुक्षय तथा अन्य प्राकृतीक प्रकोपबाट बच्न सक्ने भन्दै हरेक ब्यक्तीले बृक्षरोपनमा ध्यान दिनु पर्ने बताए । वोट बिरुवा पनि मानिस जस्तै भएकाले यसलाई स्याहार सुसार गरेमा मानिसलाइनै फाइदा पुग्ने बताए । बृक्षरोपन कार्यक्रममा सांसद ओम घलान, डिपाड सामुदायिक वनका अध्यक्ष दिपक मुक्तान मनहरि ६ बस्ती संरक्षण समितीका अध्यक्ष बृद्ध रत्न लामा स्थानिय नेता डम्बर मुक्तान लगाएतकाको उपस्थीती रहेको थियो