डा.केसीलाई काठमाडौं ल्याइयो (अपडेट)
गुगलपाटी संवाददाता काठमाडौंडा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकको सिफारिसका आधारमा उनलाई काठमाडौं ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
केसीलाई ल्याइएको हेलिकप्टर टुँडिखेलमा अवतरण गरिएको थियो। उनलाई उपचारका लागि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लगिने सरकारीवार्ता टोलीका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिदर्शेक गुणराज लोहनीले जानकारी दिए।