कैलाशमा भ्यागुते रोगले पशु मर्न थालेपछि कृषक चिन्तित
गुगलपाटी संवाददाता कैलाशमकवानपुरको कैलास गाउँपालिका वडा नम्बर १० मा भ्यागुते रोगको संक्रमणका कारण बिभीन्न ५ वटा पशु चौपायको मरेको स्थानीयहरुले बताएका छन् । कैलास १० गोपीराङ निबासी सिताराम प्रजाको १ गोरु , शेराका गणेश बहादुर लोप्चनको एउटा भैसि , बेतेघारिका सुन बहादुर स्याङतनको एउटा भैसि, कैलास १० कप्सेरिका राम बहादुर थिङको एउटा भैसी र बेतेघारीका सन्देश मुक्तानको एउटा बाख्र गरि ५ वटा चौपायमा भ्याकुतो रोग संक्रमणका कारण ज्यान गएको हो ।
संक्रमणका कारण कैलास १० शेराका गणेश बहादुचोप्चनको ३ वटा भैसि अझै बिरामी रहेको कैलास गाउापालिका वडा नम्बर १० का अध्यक्ष मानिक लाल मुक्तानले जानकारी दिए । दुई चार दिन अगाडी देखी पशुचौपायमा रोग लागेको भए पनि बिहीबार मात्र आधिकारि रुपमा भ्याकुते रोगको संक्मण भएको स्थानियहरुलाई जनाकारी भएको थियो । रोग नियन्त्रणको लागी कैलास गाउँपालिकाका पशु बिकास शाखाका प्राबिधीक भिमसेन खड्का सहितको टोली हाल रोगले संक्रमण गरेको स्थानमा पुगी रोग नियन्त्रणका लागी प्रयास गरिरहेका । रोग नियन्त्रणका लागी जिल्ला पशुकार्यलय मकवानपुरबाट भ्यक्सीन उक्त स्थानमा पुर्याएता पनि भ्याक्सीनलाई फ्रिजमा हाली चिसो बनाएर प्रषेग गर्नु पर्ने हुदा बिद्युत अभाबका कारण भ्याक्सीन प्रयोग गर्न गाह्रो भइरहेको पशुप्राबिधीक भिमसेन खड्काले जानकारी दिए ।
भोली सम्ममा कैलास १० का सबै क्षेत्रमा भ्याक्सीन प्रयोग गरि रोगलाई नियन्त्रणको प्रयत्न गरिने प्राबिधीक खड्काले बताए । रोगलाई महामारीको रुपमा फैलिन नदिन मरेको बस्तुलाइ गहिरो खल्डामा पुरि चुना नुन लगाएतको प्रयोग गर्न स्थानियहरुलाइइ पशु प्राबिधी खड्काले आग्रह गरे ।