रुसी महिलामाथि जासुसीको क्रममा यौन प्रस्ताव राखेको आरोप

गुगलपाटी संवाददाता वासिंगटन
५ श्रावण २०७५ ०६:०४

सुनौलो कपालकी धनी तथा रुसी क्रेमलिनका लागि जासुसी गर्ने एक रुसी छात्राले अमेरिकी राजनीतिक प्रणालीमा सम्बन्ध गाढा बनाउन यौनको प्रस्ताव समेत राखेको अमेरिकाको एक अदालतको सुनवाइ क्रममा बताइएको छ ।

२९ वर्षिया मारिया बुतिनाले वर्षौंदेखि अमेरिकामा रुसी सरकारको हितका लागि गोप्य ढंगले काम गरिरहेको बताइएको छ । बुधवार वासिंगटनको अदालतमा उपस्थित भएकी बतिनाले आफु विरुद्ध लागइएको षडयनत्र र विदेशी जाससुको रुपमा काम गरेको भन्ने अभियोग अस्विकार गरेकीछिन् ।

यो अभियोग सावित भएको खण्डमा उनलाई दस वर्ष लामो कारावास संजाय हुन सक्छ । न्यायधिश डेवोराह रोविन्सनले उनलाई अमेरिका स्थित रुसी दुतावासमा कुटनीतिक शरण लिनबाट रोक्न उनलाई जमानत दिन अस्विकार गरेका छन् ।
अमेरिकाका संघिय जाँचबुझ ब्युरो एफबिआइले बुतिनाले वासिंगटन स्थित बिस्ट्रो बिस नामक रेस्टुरेन्टमा एकजना रुसी गुप्तचर अधिकारीसंग डिनर लिइरहेको तस्वीर अदलतमा पेश गरेको थियो । वकिलहरुले उनको अमेरिकाका लागि पुर्व रुसी राजदुत सर्गेकिस्ल्याकसंग बसिरहेका तस्वीरहरु पनि फेला परेको बताएका छन् ।

बुटिना थुपै्र वर्षदेखि वासिंगटन स्थित एउटा अमेरिकी विश्वबिद्यालयमा अध्ययन गर्दै आएकी छिन् । साथै आफुले साइवेरियामा कसरी ब्वाँसोे र भालुको शिकार गर्न सिकें भन्ने कथा सुनाउँदै उनले बन्दुकको पक्षमा पनि वकालत गर्दै आइरहेको बताइएको छ । यसअघि सन् २०१० मा च्यापम्यान नामक रुसी महिला गुप्तचर अधिकारीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । तर उनी सोही घटनाका ेकारण रसियामा सेलेव्रेटी बन्न सफल भएकी थिइन् ।(एजेन्सी)