शंख बजाएर सामुहिक सत्याग्रह
गुगलपाटी संवाददाता काठमाडौँकेसीको समर्थनमा ‘सोलिडारिटी फर डा। केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको छ । सत्याग्रहमा अधिवक्ता ओमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकफ पनि सहभागिता रहेको आयोजकले बताएको छ ।
केही समय अघिसम्म १०० जना बढीले सत्याग्रहमा बस्नका लागि नाम टिपाएर अनसनमा बसेका छन्। शनिबार अलायन्सले नयाँ बानेश्वरमा गरेको कोणसभामा नागरिक सत्याग्रहको घोषणा गर्दा २६० बढीले आफ्नो नाम टिपाएको आयोजकले जानकारी दिएको छ।सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने बताइएको छ।