मकवानपुरका स्थानीयहरुको गुनासो : नियम एक ब्यावहार फरक किन ?
गुगलपाटी संवाददाता मकवानपुर,८ साउनमकवानपुर साझा यातायातले ट्राफिक नियमको उल्लङ्घन गर्दै रुट परमिट बिना हेटौंडा उपमहानगर क्षेत्रमा सेवा सञ्चालन गर्दै आएपनि प्रशासन मौन रहेको छ भने मकवानपुरको ग्रामीण भेगका भने सवारी साधन भने जसरी संचालनमा आउन नसक्दा स्थानीयहरु मारमा परेका छन् ।
हेटौंडा वजारमा रुट परमिट विना सञ्चालनमा रहेको मकवानपुर साझा यातायातलाई जिल्लाकै तत्कालिन प्रहरी प्रमुख र मेयर हरी बहादुर महतले उद्घाटन गर्नुभयो । यो सवारी अहिले पनि रुट परमिट विना नै हेटौंडामा सञ्चालन भईरहेको। छ । तर फाखेलमा सर्वसाधारणलाई अत्यावश्यक सामाग्री लैजाने सबै सवारीले प्रशासनले रोक लगाएको छ । फाखेलमा उत्पादित तरकारी बजार लैजान समेत समस्या भएको छ । यातायात ब्यवस्था कार्यालयले सवारी साधन रुट परमिट विना सञ्चालनमा आउन नसक्ने दावी गरिरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यो नियम उल्लेख छ ।
रुट परमिट नलीइ सञ्चालन भईरहेका सवारी साधनलाई कानूनी दायरमा ल्याउनु जायज नै मान्नु पर्छ । यसरी सञ्चालन भएका सवारी दुर्घटना हुँदा बिमा कम्पनीले समेत क्षतिपुर्ती दिदैन । तर जिल्लाको सहरी क्षेत्रमा इजाजत विना सञ्चालन भएका सवारीलाई आर्थिक प्रलोभनकै कारण सञ्चालन हुन दिने तर ग्रामीण भेगका सवारी साधनलाई कानून देखाएर रोक्ने स्थानीय प्रशासनको रबैया आफैमा लाजमर्दो भएको ब्यवसायीहरुले आरोप लगाएका छन् ।