बर्षाले नदी उर्लियो, राक्सीराङ र कैलाशका नागरिकको मन पिरलियो
जयराम मोक्तान मनहरी,८ साउनदिनदिनैको वर्षातका कारण मनहरि खोलामा बाढी आए संगै राक्सीराङ तथा कैलास गाउँपालिकाको स्थानियहरुको प्रमुख बजार मनहरि बजारमा किनमेलका गर्नका लागी आवत जावत गर्र्न निकै समस्या भएको छ । मनहरिखोलामा बाढी आएका कारण मनहरि खोलाको किनार हुदै सञ्चालन हुने गाडी बन्द भए संगै २ गाउँपालिकाको स्थानियहरु ८ देखी ९ घण्टाको पैदल यात्रा गरि मनहरि बजार सम्म किनमेलका लागी धाउन बाध्य भएका छन् । हिउदको समयमा मनहरि खोलाको किनार हुदै राक्सीराङ गाउँपालिकाको सरखेत पलाँसे तथा लवाती र कैलास गाउँपालिकाको कालिकाटार , भार्ता, रतुवा लगाएतका स्थान सम्मा बस सेवा सञ्चालनमा थियो ।
तर वर्षादको सयम सुरु भए संगै गाडी सञ्चालन नभए संगै त्यहाका स्थानीयहरु घरयासी सामन नुन तेल मसला दाल लगाएतका दैनिक उपभोग्य सामाग्री खरिदको लागी ८ , ९ घण्टाको पैदल यात्र गर्न बाध्य रहेको छ ।यातायात सञ्चालनको लागी बैकल्पीक बाटो नभएकाले त्यहाका स्थानीहरु ऋाफ्नो ज्यानलाई जोखीममा राखी खोलाको बाढीलाई वास्त नगरि खोलै खोला पैदल याात्र गर्न बाध्य छन । सवारिको सुबिधा भएको समयमा एक दिनमै आबश्यक सरसामन किनमेल गरि गाउँ समयमै घर पुग्ने गरेको स्थानयिहरुले बताए । बाह्रौ महिना सवारि सञ्चालनको लागी बैकल्पीक मोटारबाटो भए सजिलै बजार तथ गाउँ आउजाउका लागी सजिलो हुने कैलास ३ का सागर चेपाङले बताए ।