ईरिक्सा बिरुद्ध आक्रामक बन्दै प्रहरी
गुगलपाटी संवाददाता हेटौंडा,९ साउनसवारी नियम उल्लङघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफीक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौँडामा अटो रिक्सा बिरुद्ध अभियान चलाएको छ ।
उनीहरुले बुधबार २६ वटा अटो तथा ई रिक्सालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बुधबार हेटौँडा बसपार्क क्षेत्र, चौकिटोल क्षेत्रबाट अटो तथा इ रिक्सालाई नियन्त्रणमा लिएको हो ।
सवारी चलाउन आवस्यक पर्ने कागजपत्र नभएको तथा सवारी नियम उल्लङघ गरी सवारी चलाएको कारण २६ वटा अटो तथा ई रिकसालाई नियन्त्रणमा लिएको जसमध्ये ११ वटालाई जनही रु। १००० का दरले ट्राफिक प्रहरीबाट जरिवाना गराई छाडिएको र बाँकी १५ अझै नियन्त्रणमा रहेको प्रहरीको भनाई रहेको छ ।