सिटीभिटीइका लागि महेन्द्र किरण मावीलाई अनुमति

जयराम मोक्तान मनहरी,९ साउन
९ श्रावण २०७५ १३:१७

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण मावीमा प्राबिधीक शिक्ष सञ्चालका लागी सिटीभिटीइ ले अनुमती दिए संगै बाली बिज्ञान अध्यापनका लगाी सम्पुर्ण तयारी पुरा भएको छ । महेन्द्र किरण माबि विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मात्रिका प्रसाद ढुङगनाका अनुसार सम्पुर्ण प्रशासनिक प्रक्रीय पुरा गरि कक्षा सञ्चालनको लागी भौतीक पुर्वाधर पनि तयारि गरिसकेको जानकारि दिए ।

स्थानिय सरकार गठन भए यता एक गाउँपालिका एक प्राबिधीक शिक्षालय स्थापना कार्यक्रम अन्र्तगत मनहरि ८ मा रहेको महेन्द्र किरण माबिमा १८ महिने बालि बिज्ञान कार्यक्रम सञ्चालन गर्न लागेको हो । हाल बालि बिज्ञानको मात्र कक्ष सञ्चालन गरि निकट भविष्यमै पशु बिज्ञानको पनि कक्षा सञ्चालन गर्ने बिद्यालयलृ लक्ष्य लिएको छ । स्थरबाटै कृषी क्षृत्रमा सुधार गरि नेपालको कृषी क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले बाली बिज्ञान कक्षा सञ्चालन गर्न लागीको अध्यक्ष ढुङगानले बताए । बाली बिज्ञान अध्यानका लागी कैलास राक्सीराङ गाउँपालिका तथा पदम पोखरी बाट पनि अध्यानका लागाी बिद्यलयमा सम्पर्क भइरहेको जनाकारी दिदै अध्यक्ष ढुङगानाले प्राबिधिक शिक्षा अध्यनका लगाी मनहरि गाउँपािलकाका बिद्याथीरुलाई प्राथमिकतामा राखी कक्षा सञ्चान गरिने बताए ।

बालि बिज्ञान अध्यानका लगाी अहिले धमाधम फारम भर्न बिद्यथीहरु आइरहको र श्रवान ११ गते भित्रसम्म मात्र फारम भर्नका लागी अनुरोध समेत गरिएको छ । गुणस्तरिय शिक्षका प्रदानका दुई जना शिक्षकको ब्यबस्था भइसकेको र एक शैक्षिक सत्रमा ४० जना बिद्यथीहरुले अध्यान गर्न पाउनेछ ,। प्राबिधीक शिक्षा सञ्चालको लगाी मनहरि गाउँपालिका तथा अन्य संघ सस्थाहरुले पनि सहयोग रहेको छ । स्थानीय स्थारमै कृषी सम्बन्धि दक्ष जनशक्ति उत्पादान भएमा मनहरि तथता आसपासका क्षेत्रकोा कृषिमा सुधार आउने स्थानीयले अपेक्ष गरेका छन ।