पाकिस्तानी चुनावमा सरिफ अगाडि

गुगलपाटी संवाददाता इस्लामावाद
१० श्रावण २०७५ ०४:४६

पाकिस्तानमा बुधवार लाखौ जनता आम चुनावमा मत खसाल्न व्यस्त रहेकाबेला भएको हिंसामा कम्तिमा ३१ जना व्यक्तिको ज्यान गएको छ । क्वेटा शहरमा एक शक्तिशाली बम विस्फोट भएको हो ।

त्यसैगरी पाकिस्तानका अन्य बिभिन्न भागमा स–साना विस्फोटन र पार्टी कार्यकर्ताहरुबिचको झडपमा अन्य दुई व्यक्तिको ज्यान जानुका साथै थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
हाल सम्मको मत सर्भेक्षण अनुसार पुर्व क्रिक्रेट स्टार इमरान खान र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री नवाज सरिफका पार्टीबिच चुनावमा कडा प्रतिस्पर्धा हुने भएका छन् ।

तर चुनावमा निकै धाँधली र हिँसा चर्कने संत्रास थपिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले थुप्रै मतदान केन्द«मा धाँधली गर्ने बिभिन्न प्रयासहरु भएके दावी गरेको छ । चुनाव प्रचार प्रसारको क्रममा इमरान खानले राष्ट्रको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।
तर उनका विपक्षी राजनीतिज्ञहरुले भने उनलाई चुनावमा सेनासंगको मिलोमितोको फाइदा उठाइरहेको आरोप लगाएको छ । पाकिस्तानको एकहत्तर वर्ष लामो इतिहासको झण्डै आधा भन्दा बढि समय सेनाले शासन चलाएको छ ।(एजेन्सी)