त्रिशुली दुर्घटना : मृतकको संख्या सात पुग्यो(अपडेट)

गुगलपाटी संवाददाता चितवन
११ श्रावण २०७५ ११:००

 पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा बस र ट्रक जुध्दा ज्यान गुमाउनेको सनाखत भएको छ । इलका प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । घटनास्थलमा ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार घटनास्थलमा मृत्यु हुनेमा दुई महिला र दुईपुरूष छन्।प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो। तिनैमध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशूली नदीतर्फ खसेको छ।

ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो। प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको छ। बस ट्रक ठोक्किँदा बस नदीमा खसेको भन्ने बाहेक थप विवरण नआएकोडीएसपी ढकाललेबताए।

मृतहरुमा जिल्ला पाल्पा बेगनासकालिका ३२ बर्षको अर्जुन न्यौपाने, हाल नाम थर वतन नखुलेको अं.बर्ष २ वा ३ को बालक,हाल नाम थर वतन नखुलेको १८वा १९ की किशोरी,४ तनहुँ भानु ५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ , जिल्ला तनहु भन्सार बस्ने बर्ष २७ की कमला श्रेष्ठ ,काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ र तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी रहेका छन् ।