मनहरी क्षेत्रमा नयाँ ट्रान्सफर्मर राखिने
गुगलपाटी संवाददाता मनहरी,११ साउनमकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ को बिभीन्न स्थानमा बिद्युतको भोल्टेज कम भइरहको समस्यालाई समाधान गर्नको लागी नयाँ ट्रान्सफर्मर राख्ने कार्य भइरहेको छ ।
भोल्टेजमा समस्याले गर्दा बक्ति तथा अन्य बिद्युतीय सामाग्री प्रयोगमा समस्य आएको जनगुनासो बढ्न थालेपछि वडा नम्बर २ का अध्यक्ष बिर बहादुर घलनले ट्रान्समिटर राख्ने कार्य थालिएको बताए । यो भन्दा पहिला ५० केभीको ट्रान्सफर्मर भुन्द्रुङमा रहको थियो ।
उक्त ट्रान्सफर्मरको दुरि टाढाँ रहेकाले वडा नम्बर २ को तिनतले तथा भिमानका स्थानीयहरुको घरमा बिजुली राम्रो संग बल्न सकेका थिएन्न । अहिले तिनतलेमा नयाँ ट्रान्सफर्मर राख्ने कार्य अगाड बढे संगै त्यहाका सेवाग्राहीरुले पुरा भोल्टेजमा बक्ति तथा अन्य बिद्युय सामाग्री प्रयोग गर्न सकिने अपेक्ष लिएको छ । मनहरि गाउँपालिकाले आर्थिक वर्ष २०७४ ७५ को ९ लाखको बजेट ब्यबस्था गरिदिए संगै ५० केभी को ट्रान्सफर्मर राख्ने कार्य अगाडी बढेको हो ।