नारायणघाट मुग्लिन सडकखण्ड सुचारु (अपडेट)

गुगलपाटी संवाददाता चितवन
११ श्रावण २०७५ १४:२५

 नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा शुक्रबार दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

ढकालका अनुसार दुईतिरबाट दुई डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् । पानी पर्न रोकिएसँगै पहिरो पन्छाउन सहज बनेको उनको भनाइ छ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समयसमयमा पहिरो जाने समस्या देखिएको छ ।  रासस