किन रोए बीरेन्द्र आशासँग ?हेर्नुहोस् यस्तो छ कारण
कृष्णउदास खनाल मकवानपुरकलाकार बीरेन्द्र ढकाल डाँको छोडेर रुदैछन् यता घरमा भने उनको पत्नीको रुपमा अभिनय गरेकी अर्की कलाकार आशा खड्का पनि उत्तिकै रुँदैछिन् । उनीहरुबीच निकै लामो समयदेखिको बिछोड रहेको कुरा आँशुले भन्दै थियो,यो कथा हालै बजारमा आएको नेपाली लोक दोहोरी गीत फर्की आउदिनमा अभिनय गरेका कलाकार बीरेन्द्र ढकाल र आशा खड्काको हो ।
यो गीतमा नेपाली मौलिक पनलाई तुरुस्त उतार्ने प्रयास गरिएको छ । खासगरी युवाहरु कसरी बिदेशी भूमिमा पसिना बगाउन बाध्य छन् भन्ने खालको मार्मिक सन्देश यो गीतले दिएको छ । वास्तवमा बीरेन्द्र बिदेशमै त गएका छ्रैनन् तर उनले अभिनय गरेको यो गीतमा भने बिदेशको तातो घामा कसरी पसिना बगाउदैछन् भन्ने कुरा उल्लेख गरिएको छ । सरकारले स्वदेशामा नै रोजगारीको ब्यवस्थागर्न नसक्दा देखिएको पीडालाई आफूले गीतमा उल्लेख भए अनुसार अभिनय गरेको कलाकार ढकालले बताए । उनले यो गीत मार्फत बैदेशिक रोजगारीको पीडा देखाउन खोजिएको बताए । कमल ज्योति र सबिना मगरले गाएको यो गीत हालै म्यूजिक नेपाल मार्फत बजारमा आएको हो ।