हेटौंडा उपमहानगर र उधोग बाणिज्य संघबीच बढ्यो टकराव

गुगलपाटी संवाददाता हेटौंडा,१२ साउन
१२ श्रावण २०७५ ११:१४

नो पार्किङ का बिषयमा हेटौंडा उपमहानगरपालिका र मकवानपुर उधोग बाािण्ज्य संघबीच टकराव बढेको छ ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको राप्तिारोड क्षेत्रमा मात्र नो पार्किङ बनाएको र “नो पार्कीङ” क्षेत्रको सुरुवात गरेपछि सुरु भएको विवादपछि निर्माण भएको अनुगमन समितिको प्रतिवेदनलाई वेवास्ता गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेसंगै दुबै पक्षबीच टकराव बढेको हो ।

खासगरी मकवानपुर उधोग बाणिज्य संघले पार्किङ निषेधको विरुद्धमा ब्यबसायीहरुले श्रावण १३ गते कालोपट्टि बाधी बिरोध प्रदर्शन गर्ने , श्रावण १४ गते बिहान ११ बजेसम्म पसल बन्द गर्ने , श्रावण ५ गते हेटौंडा उपमहानगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले हेटौँडा बजार क्षेत्रमा कुन कुन स्थललाई “नो पार्कीङ” क्षेत्र बनाउन सकिन्छ र कहाँ कहाँ नबनाउदापनि उपयुक्त हुन्छ भन्ने विषयमा गत असार २४ गते उपमेयर मिना लामाको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।

समितिले गत असार ३१ गतेनै उक्त विषयको प्रतिवेदन बुझाएपनि उपमहानगरपालिकाले प्रतिवेदनको विषयमा कुनैपनि छलफलनै नगरेका, राप्तिारोडमा मात्र “नो पार्कीङ” क्षेत्र बनाईएको भन्दै ब्यवसायीहरु आन्दोलित भएका हुन् ।