युवा ब्यवसायी लामाद्वारा हेटौँडा फुटबल एकेडेमीलाई खेल सामग्री हस्तान्तरण

गुगलपाटी संवाददाता हेटौँडा,१३ साउन
१३ श्रावण २०७५ १०:४८

हेटौँडामा फुटबल क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हेटौँडा फुटबल एकेडेमीलाई युवा ब्यवसायी प्रकाश लामाले खेल सामग्री हस्तान्तरण गरेका छन् ।

आज हेटौँडामा एकेडेमीका कोच भिम लामालाई ब्यवसायी प्रकाश लामाले चार थान फुटबल सहित ३० थान मार्कर तथा ३० थान कोन हस्तान्तरण गरेका हुन् ।

हेटौँडामा फुटवल विकासको लागि एकल पहलमानै ५० जना भन्दा धेरै विद्यार्थी रहेको एकेडेमी सञ्चालन गरेको भन्दै उनले आफुले फुटबल विकासको लागि केहि सहयोग गरेको बताए ।

मकवानपुर जिल्लाबाट यसअघिपनि धेरै खेलाडीहरु राष्ट्रिय टिममा परेको, हाल पनि धेरै खेलाडीहरु राष्ट्रि टिममा रहेको अवस्थामा यस्था प्रकारका एकेडेमीहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ । यहाका ब्यवसायीहरुले पनि एकेडेमीलाई सहयोग गर्नको लागि उनले आग्रह गरेका छन् ।

खेलकुद सामग्री लिएपछि बोल्दै कोच लामाले आफुलाई युवा ब्यवसायी लामाको सहयोगल थप हौसला मिलेको बताए । एकेडेमीलाई ब्यवसायीक बनाउनको लागि आफुहरु लागिपरेको भन्दै मकवानपुरको फुटबल विकासको लागि, खेलाडी उत्पादनको लागि लागि पर्ने बताए ।