उच्च अदालतमा मुद्दाको चाप घट्यो
गुगलपाटी संवाददाता हेटौंडाउच्च अदालत पाटन हेटौंडा ईजलासमा मुद्दा दर्ता तथा फछ्र्यौट दर घट्दो क्रममा रहेको छ । पुनरावेदन अदालतको कार्यक्षेत्र तत्कालिन नारायणी अञ्चलको ५ वटा जिल्ला रहेको थियो भने उच्च अदालत पाटन हेटौंडा ईजलासको कार्य क्षेत्र २ जिल्ला मात्र रहेको छ ।
पुनरावेदन अदालत रहँदा तराईका जिल्ला समेत कार्यक्षेत्रमा परेकाले मुद्दाका चाप बढि थियो भने हाल २ जिल्ला मात्र भएकोले मुद्दाहरु पनि कम रहेको हेटौंडा ईजलासका प्रवक्ता वद्रिप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
अदालतका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा उच्च अदालत पाटन हेटौंडा ईजलासमा ९ सय ३४ वटा मुद्दा फस्छ्र्यौट भएका छन् । आर्थिक वर्ष २०७१र०७२ मा ३ हजार ९ सय २४ वटा फस्छ्र्यौट भएका थिए भने १ हजार ७ सय ४० बाँकी रहेका थिए । आव २०७२र०७३ मा २ हजार ८ सय ९३ वटा फस्छ्र्यौट भएका थिए भने १ हजार ८ सय ३० वटा बाँकी रहेका थिए । २०७३र७४ मा ७ सय ५० वटा मात्र फछ्र्यौट भएका थिए भने ४ सय २३ वटा बाँकी रहेको देखिन्छ । आव २०७३र०७४ मा असोज ३ गतेसम्म तत्कालिन पुनरावेदन अदालतबाट फस्छ्र्यौट भएको थियो भने सो मितिपछि उच्च अदालत पाटन हेटौंडा ईजलासबाट फस्छ्र्यौट भएको हो । फस्छ्र्यौटको अवस्था हेर्दा अहिले मुद्दाको चाप कम परेको देखिन्छ ।
अदालतले आर्थिक वर्ष २०७४र०७५ मा सबैभन्दा बढि असार महिनामा फैसला गरेको छ भने सबैभन्दा कम असोज महिनामा गरेको छ । अदालतका अनुसार साउनमा असारमा १ सय २८ वटा र असोजमा ८२ वटा मुद्दाको फस्छ्र्यौट गरेको हो । अदालतले साउनमा ८७ वटा, भदौमा ८२ वटा, कात्तिकमा ७८ वटा, मंसिरमा ७६ वटा, पुसमा १ सय ५ वटा, माघमा ६४ वटा, फागुनमा ९२ वटा, चैतमा ४९ वटा, बैशाखमा ५३ वटा र जेठमा ८४ वटा गरी ९ सय ३४ वटा मुद्दा फस्छ्र्यौट गरेको छ । फैसला भएका मुद्दाहरुको अवस्था हेर्दा ७६।०५ प्रतिशत फस्छ्र्यौट भएको उच्च अदालत पाटन हेटौंडा ईजलासका प्रवक्ता वद्रिप्रसाद लामीछानेले जानकारी दिनुभयो ।
अदालतका अनुसार सुरु मुद्दा २९ वटा फछ्र्यौट भएका छन् । त्यस्तै पुनरावेदकीय क्षेत्रधिकार अन्तर्गत ८ सय २० वटा फछ्र्यौट भएका छन् । जसमा व्यक्तिवादी देवानी १ सय ८५ वटा, व्यक्तिवादी फौजदारी ८३ वटा, सरकारी फौजदारी ५ सय ५२ वटा दर्ता भएका हुन् । साधकको २ वटा फैसला भएका छन् । रिटतर्फ ८३ वटा मुद्दा फछ्र्यौट भएका छन् । जसमा बन्दि प्रत्यक्षीकरण ११ वटा, परमादेश एउटा, उत्प्रेषण १८ वटा, निषधाज्ञा ५३ वटा फछ्र्यौट भएका छन् । नौ महिना भित्रको ६ सय ९५ वटा, ९ महिना देखि १ वर्ष भित्रका ९५ वटा, १ वर्षदेखि १८ महिना भित्रको ३० वटा र २ बर्ष नाघेको ३७ वटा मुद्दाहरु किनारा लगाएको अदालतको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी २ वर्ष नाघेको एउटा पनि मुद्दा बाँकी नरहेको प्रवक्ता लामीछानेले जानकारी दिनुभयो । आव २०७४र०७५ का २ सय ९४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको अधिकारीको भनाई छ । आदलतमा ९ महिना भित्रका २ सय १९ वटा, ९ महिनादेखि १ वर्षभित्रका ३६ वटा, १ वर्षदेखि १८ महिनाभिको ३२ वटा र १८ महिनादेखी २ वर्ष भित्रको ७ वटा मात्र मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।
त्यस्तै अदालतमा आव २०७४र०७५ मा १ हजार २ सय २८ वटा मुद्दाहरु रहेका थिए । जमा ८ सय ५ वटा नयाँ दर्ता भएका थिए भने ४ सय २३ वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा रहेका थिए । आव २०७४र०७५ को साउनमा १ सय ४ वटा, भाद्रमा १ सय १४ वटा, असोजमा ४५ वटा, कात्तिकमा १ सय १४ वटा, मंसिरमा ४५ वटा, पुसमा २४ वटा, फागुनमा, २९ वटा, चैतमा ५८ वटा, बैशाखमा ४५ वटा, जेठमा १ सय २१ वटा र असारमा ४५ वटा मुद्दा दर्ता भएका थिए । अदालतमा जिम्मेवारी सरिआएका नौ महिना भित्रको ३ सय २० वटा, ९ महिना देखि १ वर्ष भित्रका ४४ वटा, १ वर्षदेखि १८ महिना भित्रको २२ वटा र १८ महिनादेखि २ बर्ष भित्रका ३७ वटा मुद्दाहरु गरि ४ सय २३ वटा जिम्मेवारी सरेर आएका थिए । अदालतका अनुसार आर्थिक वर्ष २०७१र०७२ मा ५ हजार ६ सय ६४ वटा मुद्दा रहेका थिए । आव २०७२र०७३ मा ४ हजार ७ सय ५४ वटा, २०७३र७४ मा १ हजार १ सय ७३ वटा मुद्दा रहेका थिए ।
सम्मृद्ध समाज दैनिकको सहयोगमा