मकवानपुरका केही स्थान पहिरोका कारण उच्च जोखिममा
गुगलपाटी संवाददाता मकवानपुर,१४ साउन
मकवानपुर जिल्लाका केही भाग पहिरोका कारण उच्च जोखिममा रहेको पाइएको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ खोरभन्ज्याङ साबिकको सुकौरा गाबिसमा रहेको गौरी शंकर महादेव आधारभूत विद्यालय र स्थानिय ९ घरधुरी पहिरोको उच्च जोखीममा छन् ।वर्षातका कारण गौरी शंकर महादेव विद्यालयको डिलबाट पहिरो खसेको छ । विद्यालय, विद्यालय वरपर रहेको ९ घरधुरी संगै चपकी खानिको मोटरबाटो पनि पहिरोमा परेको छ ।
बिद्यालय र गाउँको गाउँपालिका अध्यक्ष विदुर हुमागाईको नेतृत्वमा ७ नम्बर वडा अध्यक्ष शुर्य बहादुर रुम्बा,२ नम्बर वडा अध्यक्ष बखान सिं पाख्रीन,बकैयाँ गाउँपालिकाका १२ नम्बर वडा अध्यक्ष राम बहादुर मोम्क्तान ,चौघडा चौकीका प्रहरी टोली,जितपुर भञ्ज्याङ अस्थाई प्रहरी पोष्टका प्रहरी टोली लगायतकाले अवलोकन गरेको थियो ।
उक्त स्थानको अवलोकन गरे पस्चात गाउँपालिका अध्यक्ष हुमागाईले विद्यालयको फर्निचर लगायत अन्य समाग्रीहरु अन्यन्त्रै सार्न आदेश दिएका छन् । स्थानियले गाउँपालिका अध्यक्ष हुमागाई समक्ष सुरक्षित स्थानमा स्कुल र घरहरुलाई सार्नका लागि ब्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।गाउँपालिका अध्यक्ष हुमागाईले विद्यालय र विद्यालय वरपरका घरहरुलाई अन्यन्त्रै सार्ने ब्यवस्था गर्ने बताएका छन् । हाल गौरी शंकर महादेव आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाई हुने गरेको छ । विद्यालय पहिरोको जोखीममा परेपछि विद्यालयमा प्रधानाध्यापकले चिन्ता ब्यक्त गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा घरहरु पहिरोको उच्च जोखीममा परेको अबस्था रहेको छ । सबैभन्दा बढी साबिकको सुकौरा गाबिस र बुढीचौर गाबिसको घरहरु पहिरोको उच्च जोखीममा परेको छ ।गएको बर्ष मकवानपुरको भीमफेदीमा गएको पहिरोका कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । पहिरो नियन्त्रणका लागि बेर्लैमा सचेतना अपनाउनु पर्नेमा जोड दिइएको छ ।