बाघले ज्यान लिएका परिवारलाई सहयोग
जयराम मोक्तान मनहरी,१५ साउनबन तथा बन्य जन्तुको संरक्षण स्थानिहरुको सहयोग बिना सम्भव नरहेकोे पर्सा राष्ट्रिय निकुञ्जका खरिदार राजु पराजुलीले बताएका छन । सम्बधित संस्थाकोसाथ साथमा स्थानिय तथा अन्य संघसस्थाहरुको साथ तथा सहयोग मिलेमा सजिलै संग संरक्षणका कार्यलाई अगाडी बढाउन सकिने बताए । तराई भुपरिधी कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्रको आयोजनामा मनहरिमा भएको बन्यजन्तुहरुको अबैध ब्यापार र चोरि सिकार नियन्त्रण तथा बाघ संरक्षण सम्बधि एक दिने अभिमुखीकरण कार्यक्रम कार्यक्रमलाई सम्बेधान गर्दै उनले यस्तो बताएका हुन ।
पछिल्लो समयमा बन तथा बन्यजन्तुको संरक्षणमा स्थानिय युवाहरुले चासो देखाएको भन्दै खरिदार पराजुलीले संरक्षणमा युवाहरु अगाडी बढ्नु सकरात्मक कुरा रहेको बताए । निकुञ्ज आसपासका क्षेत्रको बस्तीका जनताहरुलाई बन्य जन्तुहरुले दुख दिइरहेको कुरालाई स्मरण गदै खरिदार पराजुलीले जनताको गुनासोलाई मध्यनजर गर्दै बस्तीमा बन्यजन्तु पस्न नदिन केही कार्यक्रम लागु गरिने बताए ।
कार्यक्रमको अबसरमा गत चैत्र १२ गते मनहरि ७ रमौलीमा बाघको आक्रमणबाट ज्यानगुमाएका सरस्वती बर्तौलाका छोरा बिनायक तथा घाइते मनहरि ७ रमौलीका्ै लाल बहादुर अर्यालका छोरा आशिस अर्याललाई अध्यनका लागी छात्र बृती स्वरुप २० २० हजार नगद सहयोग गरेको छ । पर्सा राष्ट्रिीय निकुञ्ज मध्यवती क्षेत्र ब्यबस्थापन समिती मनहरिका अध्यक्ष पदम बहादुर तितुङको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थिायो ।