मनहरी क्षेत्रको सम्पदा सिध्याइदै

जयराम मोक्तान मनहरी,१६ साउन
१६ श्रावण २०७५ १३:३५

मनहरी तथा आसपासका क्षेत्रमा अबैध नदि जन्य बस्तुको उत्खनन् गरि चोरि निकासी गर्नेहरुको ठुलो गिरोह रहेको खुलासा भएको छ । मनहरिमा भएको एक कार्यक्रमकाो क्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र मनहरि उपभोक्त समितीका अध्यक्ष पदम बहादुर तितुङले यस्तो खुलासा गरेका हुन् । बन , बन्यजन्तु को चोरि सिकारीरमा ठुलौ सफलता हात परे पनि नदिजन्य बस्तुको चोरि निकासीको भने रोकावट गर्न आफुहरु निकै असफल भइरहेको अध्यक्ष तितुङले बताए । चोरि नियन्त्रणमा स्थानिय सरकार , स्थानिय बासीन्दहरु तथा पर्सा राष्ट्रिीय निकुञ्ज मध्यवर्ति क्षेत्र मनहरि उपभोक्त समितीले जती प्रयास गरे पनि अझै असफल रहेको बताए ।
मनहरि तथा राप्ती खोलको बालुवा ढुङगा तथा ग्रयाबेल चोरिमा स्थानीीथर देखी बाहीरी जिल्लाको ट्यक्टर ब्यबसायिहरुको ठुलो संलग्न्ता रहेको बताए । स्थानिय प्रहरि प्रशासन तथ समितीका पदाधिकारिहरुले अबैध रुपमा नदि जन्य बस्तु लोड गरिरहेको अबस्थामा फेला पारेर प्रहरिको जिम्मामा लगाउदा आर्थिक प्रलोभन देखाउदै ट्यक्टर तथा ट्यक्टरका कर्मचारिहरुलाई छाडी दिनका लागी गिरोहका नाइकेहरुले फोन गर्ने गरेको समेत बताए ।
आफुहरुलाई चोरि मा सहयोग नगरेमा गाली गलौच तथा धम्की समेत दिने गरेको बताए । स्थानिय सरकार , प्रहरि प्रशासन तथा अन्य संघसस्थाकोा समन्वयमा गरि नियन्त्रणका काम गरिरहे पनि सफल नभइरहेको बकताए ।