पत्रिकाका मालिकलाई करिब ३ करोड प्रदान
गुगलपाटी संवाददाता हेटौंडामध्य नेपालका जिल्लाहरुमा पत्रिका प्रकाशन गरे बापत मात्रै करिब रु.तीन करोड रुपैयाँ संचार केन्द्र हेटौंडाले बितरण गरेको पाइएको छ ।
बारा,पर्सा र रौतहटका पत्रिकाका संचालकहरुका लागि संचार केन्द्र हेटौडाले सोमबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाकक्षमा आयोजना गरेको रकम भुक्तानी बिषयकको अन्तरकृया कार्यक्रममा संचार केन्द्र हेटौंडाका प्रमुख दीलिप श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार संचार केन्द्रले मकवानपुर सहित बारा,पर्सा लगायत तराई र पहाडका जिल्लामा प्रकाशित भएका दैनिक,साप्ताहिक तथा पाक्षिक र मासिक लगायतका पत्रिकाका संचालकहरुलाई हालसम्म रु.२ करोड,९४ लाख,२५ हजार ७२० रुपैयाँ रकम बितरण गरेको जानकारी दिए । प्रेस काउन्सीलले बर्गीकरण गरेको श्रेणीका आधारमा रकम उपलब्ध गराइएको पनि जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका अध्यक्ष हरि हुमागाई,पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा सहित पत्रकारहरु पुरुषोत्तम सिंह भट्टराई,शुद्र्धशन राज पांण्डे,गीरिराज ओली,महेशचन्द्र गौतम लगायतले आफ्ना सुझावहरु राखेका थिए । सो क्रममा हेटौंडाबाट प्रकाशित सम्मृद्ध समाज दैनिकका प्रकाशक सुरेश श्रेष्ठले एक कार्यपत्र समेत प्रश्तुत गरेका थिए । कार्यक्रम पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेशदर्पण अधिकारीको सहजिकारणमा सम्पन्न भएको थियो ।