सरकारी अस्पतालमा गैससको रजाई
गुगलपाटी संवाददाता हेटौंडाएक गैरसरकारी संस्थाले लामो समयदेखि मकवानपुरको एक सरकारी भवनमा आफ्नो कार्यालय सञ्चालन गर्दै आएको खुलेको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइपासले आफ्नो परियोजना सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्वाध रुपमा प्रयोग गरिरहेको भेटिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बुधार हेटौंडा अस्पताल र जनस्वास्थ्यको निरीक्षणको क्रममा दुईवटा गैरसरकारी संस्थाले सरकारी भवन प्रयोग गरी कार्य सञ्चालन गरिरहेको पाइएको हो ।
सरकारी भवन गैससले प्रयोग गरिरहेको पाइएपछि ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री आक्रोशित भएका छन् । नेपाल सरकारसँग स्वीकृति लिए नलिएको एकिन गरी नलिएको भए कारबाही गर्ने मन्त्री दुलालले बताए ।
आजको हेटौंडा सन्देश दैनिकमा खबर छ ।