दूध र अण्डामा मकवानपुर आत्मनिर्भर
गुगलपाटी संवाददाता हेटौंडामकवानपुर दूध र अण्डामा आत्मनिर्भर भएको छ । यहाँ उत्पादित दूध अण्डा खपत् नभएर अन्य जिल्लामा निर्यात हुने गरेको छ । गत वर्षको तुलनामा यसवर्ष दूध तथा अण्डाको उत्पादन समेत बढेको बताइएको छ ।
मकवानपुर जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित दूध यहाँ खपत हुन नसकेर दुग्ध विकास संस्थान हेटौंडाले खरिद गरेर काठमाडौं पु¥याउने गरेको छ । प्रतिवर्ष प्रतिव्यक्तिले कम्तिमा ९१ लिटर दुध सेवन गर्नु पर्छ तर मकवानपुरका वासिन्दालाई प्रतिवर्ष प्रतिव्यक्ति एकसय तीन लिटर दूध सेवन गर्न पुग्ने गरी उत्पादन हुने गरेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा वर्षेनि ६० हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । अघिल्लो वर्षक करिब ५६ मेट्रिकटन दूध उत्पादन हुने गरेको बताइएको थियो ।
‘मकवानपुर जिल्ला दूध र अण्डामा आत्मनिर्भर भइसकेको छ’, जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले भने । जिल्लामा स्थाानीय र उन्नत गरेर करिब एकलाख १७ हजार ९५ गाई छन भने करिब एकलाख १५ हजार दुईसय सात भैंसी छन् । जिल्लाका कृषकहरुले पशुपालन व्यवसायलाई परम्परागत र निर्वाहमुखी भन्दा व्यवसायी ढंगले पशुपालन व्यवसाय सुरु गरेका छन् । ‘व्यवसायीकरुपमा पशुपालन गर्नेको संख्या जिल्लामा बढ्दो छ’, उनले भने ।
जिल्लामा करिब एकसय दश गाईफार्म छन भने करिब १२ वटा भैसी फार्म छन् । गाउँ÷गाउँमा दूध संकलन केन्दको साथै चिलिङ सेन्टर पनि राखिएका छन् । कृषकहरुले उत्पादन गरेको दूध विक्रीको समस्या नभएकाले कृषकहरु पशुपालन व्यवसायतर्फ आकर्षित भएको दुग्ध सहकारी संस्थाका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, ‘जिल्लाका दुर्गम क्षेत्रका वासिन्दाहरु पनि व्यावसायिक ढंगले पशुपालन व्यवसाय गर्न थालेका छन् ।’
सरकारले पशुपालन व्यवसाय गर्नेलाई विविध ढंगले आर्थिक र प्राविधिक सहयोग गर्र्दै आएकाले पशुपालन व्यवसायतर्फ विशेषगरी युवाहरु आकर्षित भएका हुन् । पशुपालक कृषकहरुलाई क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरकारले पशु वीमा गर्ने व्यवस्था गरेको छ । पशु बीमामा सरकारले अनुदान दिने व्यवस्था गरेको छ । पाँचवर्ष अघिसम्म मकवानपुरमा दैनिक २० हजार लिटर दूध उत्पादन हुन्थ्यो । अहिले ४० हजार दूध उत्पादन हुने गरेको छ । जिल्ला दूधमा आत्मनिर्भर भएपनि दूध सेवन गर्ने आर्थिक हैसियत नभएकाले वर्षको ५० लिटरसम्म दूध सेवन गर्र्न गरेको पाइएको छ । ‘आर्थिक हैसियत र उपलब्धताको हिसाबले सवैले वर्ष दिनमा प्रतिव्यक्तिले ९१ लिटर दूध सेवन गर्न नपाएको हुन सक्छ’, पशु सेवा कार्यालयका प्रमुख प्रधानले भने,‘जिल्लाका वासिन्दालाई मापदण्डको अनुसार दूध सेवन गर्न जिल्लामा नै उत्पादन हुने गरेको छ ।
दूधमामात्र होइन, कुखुराको अण्डामा पनि जिल्ला आत्मनिर्भर भएको दावी जिल्ला पशु सेवा कार्यालयले अघिल्लो वर्ष नै गरेको हो । जिल्लामा वर्षेनी एक करोड करिब ९० लाख वटा अण्डा उत्पादन हुने गरेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा करिब एककरोड ८२ लाख ४४ हजार वटा अन्डा उत्पादन हुने गरेको बताइएको छ । विदेशबाट फर्केका युवाहरु विशेष गरी कुखुरा पालनमा सक्रिय हुन थालेको र धेरै उत्पादन दिने कुखुरा तथा दानाको आयत बढेसँगै उत्पादन बढेको हो ।
आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।