दुई तुइन विस्थापित, प्रदेश सरकारले थप १४ कानुनको मस्यौदा बनायो, राणाकालीन फोहोरा फेरि सञ्चालनमा

गुगलपाटी संवाददाता हेटौंडा
१८ श्रावण २०७५ ०२:३३

मकवानपुरमा वितेको आर्थिक वर्षमा ४ झोल्गे पुल र एउटा पक्की पुल निर्माण भएको छ । आव २०७४ ७५मा ६ वटा झोलु्गेपुल र ५ वटा पक्की पुल निर्माण सुरु भएको थियो ।

आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले मकवानपुरबाट खबर लेखेका छन् । इनद्रसरोबर गाउँपालिका १ सिम्लाङमा २५ लाखमा झोलुङ्गे पुल बनेको छ । भीमफेदी गाउँपालिका– भैंसेस्थित बोकेदहमा पनि ४० लाखको लागतमा १ सय ४० मिटर लामा पुल बनेको छ । यो पुलबाट ३ सय १२ घरधुरी लाभान्वित भएका छन् । मकवानपुर गढी गाउँपालिका ७ पनि झोलुङ्गे पुल बनेपछि खोला तर्न स्थानीयलाई सहज भएको छ । यसैगरी थाहा नगरपालिका ९ चित्लाङमा १७ लाखको लागतमा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । यसबाट ७ सय घरधुरी लाभान्वित भएका छन् । गतवर्ष मकवानपुरमा ५ वटा पक्की पुलको सम्झौता भएकोमा बकैयाको हात्तिसुँडे शिखरपुर सडकमा पक्की पुलनिर्माण भएको छ । अन्य ४ वटा पक्की पुल निर्माण भएको छ ।

त्यसैगरी कान्तिपुर दैनिकमा ३ नम्बर प्रदेशको १४ वटा कानुन मस्यौदा हुँदै गरेको समाचा। पनि छापिएको छ । ३ नम्बर प्रदेशका विभिन्न मन्त्रालयको सैद्धान्तिक सहमति लिएर विभिन्न १४ वटा कानूनको मस्यौदा तयार भएको छ । ती विधेयकलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेका छन् । नगेन्द्र अधिकारीले हेटौंडाबाट खबर लेखेका छन् । ३ नम्बर प्रदेशमा करिब १ सय भन्दा बढी कानून आवश्यक रहेकोमा १० वटा विधेयक प्रदेशसभाबाट पारित भई कानूनको अंश बनिसकेका छन् । अन्य १४ वटा प्रदेशसभामा पेश गर्ने तयारीमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी मकवानपुरमा ३५ वर्षपछि भीमफेदी बजारमा रहेको आकाशे फोहोरा पुनः सञ्चालनमा आएको खबर पनि कान्तिपुरमा छ । २०४० सालदेखि बन्द रहेको उक्त आकाशे फोहोरा भीमफेदी गाउँपालिका भीमफेदी गाउँपालिकाले पुननिर्माण गरी सञ्चालनमा ल्याएको हो । १८६४ मा राणाहरुले निर्माण गरेको फोहोरा संरक्षणको अभावमा ३५ वर्षदेखि बन्द रहेको थियो ।