भूकम्प पीडित मकवानपुरका स्थानीयलाई झण्डै साँढे तीन अर्ब बितरण

कृष्णउदास खनाल मकवानपुर,१८ साउन
१८ श्रावण २०७५ ०८:२३

२०७२ साल बैशाख १२ गते गरेको महाबिनासकारी भूकम्पबाट प्रभावित मकवानपुर जिल्लाका भूकम्प पीडितहरुलाई भौतिक पुर्वाधार निर्माणका लागि रकम निकासा गरिएको छ
गएको आर्थिक बर्षमा यो रकम जिल्लाका पीडितहरुलाई तीन किस्तामा गरेर निकाशा गरिएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई अनुदान तथा स्थानीय पूर्वाधार कार्यालय मकवानपुरका अनुसार गएको आर्थिक बर्षमा तीन अबए ३५ लाख रकम निकाशा भएको हो । हालसम्म २३ हजार ९ सय ६१ घ।र परिवारलाई रकम बितरण गरिएको उक्त कार्यालयका प्रमुख सोमराज तिमलसिनाले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा करिब ३२ हजार घर धुरीमा भूकम्पले क्षति गरेको थियो । गएको आर्थिक बर्षमा तीन चरणमा स्थानीयहरुलाई रकम बितरण गरिएको र यो रकम बितरण कार्य यो आर्थिक बर्षमा पनि जारी रहने उनले बताए । पीडतहरुको गुनासोका आधारमा शुरुमा ५० हजार दोश्रो किस्ता ८० र ७० गरी तथा तेश्रो किस्तामा रु. एक लाख दिने गरिएको छ । मकवानपुर जिल्लामा भूकम्पका परी ३३ जना स्थानीयहरुले ज्यान गुमाएका थिए ।अहिले निजी आवास तथा बिद्यालयहरु निर्मार्णधिन अवस्थामा रहेको इकाई कार्यान्वयनको भौतिक पुर्वाभार (भवन)का प्रमुख सुदिप आचार्यले गुगलपाटीलाई बताए ।