प्रधानन्यायाधीशमा जोशी अस्वीकृत
गुगलपाटी संवाददाता काठमाडौंसंसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन।
जोशीबारे निर्णय गर्न बिहान साढे १० बजे समितिको बैठक बोलाइए पनि सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको बताइएकाे छ।
अब प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे संसदीय सुनुवाइ विशेष समितिमा मतदान हुने भएको छ । मतदानपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय सुनुवाइ विशेष समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १–१ सदस्य छन् ।
सत्तारुढ दल उनलाई प्रधान्यायाधीश नबनाउने पक्षमा भएका कारण मतदानबाट जोशीको प्रधान्यायाधीश बन्ने बाटो रोकिने पक्का भएकाे हाे ।