त्रिभुवन– चन्द्र मिलिटरी अस्पताल शुक्रबारदेखि सञ्चालनमा
गुगलपाटी संवाददाता काठमाडौं, साउन १८महाभुकम्पका कारण क्षतिग्रस्त भएको काठमाण्डौको न्युरोड गेट नजिक त्रिभुवन– चन्द्र मिलिटरी अस्पताल शुक्रबार देखि संञ्चालनमा आएको छ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालको नवनिर्मित भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरेका हुन्।
प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपाली वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको थियो।
सैनिक कल्याणकारी कोषद्धारा पुनःनिर्माण गरिएको सो अस्पतालको भवन २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएपछि उपचार सेवा प्रभावित हुदै आएको थियो।
प्रधानमसेनापति क्षेत्रीले अस्पतालको सेवा संचालनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको चापलाई कम गर्नुको साथै बहालवाला, भूपु सैनिक र तीनका आश्रित परिवारले आफुलाई पायक पर्ने स्थानबाट स्वास्थ्य सेवा लिन सक्ने सुविधा प्राप्त भएको बताए।
उनले पुर्ननिर्माणका क्रममा अस्पतालको ऐतिहासिक महत्व कायम गरिएको बताए।
अस्पतालले सुरुको केही समय बाल, दन्त, फिजियोथेरापी लगायतका सेवा मात्रै उपलब्ध गराउने र पछि सेवा विस्तार गर्दै जाने जनाएको छ ।