जोशी प्रधानन्यायधिश नहुने भएपछि बारमा रुवाबासी
गुगलपाटी संवाददाता काठमाडौंनेपाल बार एशोसिएशनले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम दुई तिहाइले अस्वीकार गरेकोप्रति बार स्तब्ध भएको जनाएको छ ।
बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको नाम समितिको दुई तिहाइबाट अस्वीकार गरेर कानून र विधिको शासनको उपहास गरेको उल्लेख छ ।
विज्ञप्तिमा समितिको निर्णयले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको र नागरिकको एक मात्र आस्थाको धरोहरका रुपमा रहेको न्यायालयप्रति योजनाबद्ध रुपमा प्रहार भएको उल्लेख छ ।
रासस