नारायणगढमुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी संचालन(अपडेट)
गुगलपाटी संवाददाता चितवनचितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढमुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी संचालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सनिबार बिहान ६ बजे गएको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी संचालनमा आएको हो ।
अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताएका छन् । उहाँका अनुसार पहिरो खसेको स्थानमा भने अझै पनि ढुंगा खस्ने क्रम जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास भई रहेको गौतमले बताएका छन् ।
नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रम बढेको प्रहरीले जनाएको छ ।