मनहरी क्षेत्रमा हात्तीको आतंक बढ्यो

जयराम मोक्तान मनहरी,१९ साउन
१९ श्रावण २०७५ १२:१४

मनहरि गाउँपालिकाको दुई वटा वडाको बस्तीमा केही दिन यता देखी जंगली हात्तीको आतांक बढेको छ । गाउँपािलकाको वडा नम्बर ६ प्रतापपुर र ७ नम्बर वडाकाृ रमौलीमा हाक्तीको आताङक बढेको हो ।
स्थानियको बारीमा अन्य बालीनाली नभए पछि हाक्तीले घरमा थन्काएको अन्न ,घर तथा गोठ भत्काई खाना थालेका छन । आजराती मात्र मनहरि ७ रमौलका टेक बहादुर बिष्टको घर तथा घरको पालि हात्तिले भत्काए दिएको पिडीत बिष्टले बताए । त्यसै गरि केही अगाडी मनहरि ६ प्रतापपुका राम बहादु चेपाङको घर भत्काई घरमा भएको मकै सखाप पारेको थियो । पर्सा राष्ट्रिय निकुञ्जबाट राप्ती खोला पार गदै ३ ओटा हाक्ती दिनानु दिन रमौली प्रतापपुर बस्तीमा प्रशेस गर्न थाले पछि स्थानिय बासिन्दहरुमा त्रास फैलिए संगै अन्नबाली सबै सखाप गरिदिए पछि स्थानियहरु चिन्ती भएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति मनहरि क्षेत्र ब्यबस्थापन समितीको बेवास्तका बस्तीमा दिनादिन हाक्ति बस्तीमा प्रबेश गरिरहेका छन । आफ्न अन्नबालि तथा अन्यभौतिक क्षति हाक्तिले पारिए संगै स्थानियहरु सरोकारवाला प्रति आक्रोसित भइरहेका छन ।