प्रदेश मन्त्रालय स्थापनाको लागि ७ करोड खर्च
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशका विभिन्न मन्त्रालय तथा अन्य कार्यालयका लागि झण्डै ७ करोड रुपियाँ खर्च भएको जनाइएको छ ।
भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमार्फत मन्त्रालयको भवन मर्मतको लागि ६ करोड ७५ लाख २८ हजार रुपियाँ विनियोजन भएको थियो । जसमध्ये मन्त्री तथा कर्मचारीको निवासको लागि ३ करोड ७७ लाख ६९हजार र मन्त्रालयको लागि २ करोड ९७ लाख ५८ हजार रुपियाँ खर्च भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रले जनाएको छ ।
अधिकांश कार्यालयहरुको निवासतर्फ बढी खर्च भएको देखिएको छ । मुख्यमन्त्री मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा कार्यालयमा भन्दा निवास निर्माणमा नै बढी खर्च भएको देखिएको छ ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभाको सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भने निवासमा भन्दा कार्यालय व्यवस्थापनमा नै बढी खर्च भएको देखिएको छ । आजको समृद्ध समाज दैनिकमा खबर छापिएको छ ।