कराते प्रशिक्षण कार्यक्रम सञ्चालन

जयराम मोक्तान मनहरी,२० साउन
२० श्रावण २०७५ १३:५५

पश्चिम मकवानपुरको मनहरि क्युकोसिन कराते डोजो शाखाले आईताबार देखी कराते प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । क्युकुसेन कराते डोजो मनहरिमा अध्यक्ष नारायण श्रेष्ठका अनुसार बिश्वब्यापी रुपमा हाल क्युकोसेन कराते लोकप्रीय भए संगै स्थानियहरु युवाहरुको माग अनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागीएको बताए । राष्ट्रिय रोटरि माबि मनहरिको चौरमा प्रक्षिण कार्यक्रम सञ्चाल भएको हो ।

मनहरि तथा आसपासका क्षेत्रका युवालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिन लागेको हो । कार्यक्रममा १ सय भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी हुने आयोजकले अपेक्षा गरिएको छ । प्रशिक्षार्थीहरलाई ब्ल्याब बेल्ड तथा थ्री डन छेवाङ दोर्जे लामाले प्रशिक्षण दिइनेछन । प्रशिक्षण सुरु भए संगै हरेक महिनामा बिभीन्न सामाजिक कार्य पनि गरिदै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्टले बताए । इच्छुकलाई कार्यक्रममा सहभगी हुन आयोजकले आग्रह गरिएको छ ।

यसैबीच पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर १ चकरी मकरीमा निर्माण गरिएको आधुनिक गोठको आज अनुगमन गरिएको छ । मनहरि गाउँपालिकाको आर्थिक वर्ष २०७४ ७५ को गोठ सुधार स्वीकृत बजेट अन्र्तगत वडा नम्बर १ चकरी मकरीमा निर्माण गरिएको सुधारिएको गोठको आज गाउँपालिका उपाध्यक्ष सहितको एकटोलीले अनुगमन गरिएको हो । गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदान दिई कुल १२ लाखको लागतमा निर्माण गरिएको ३४ओटा सुधारिएको गोठ निर्माण गरिए संगै किसानहरुले उन्नत जातको गाई तथा भैसी पालन गरि आर्थिक उपार्जन गर्नेमा गाउँपालिका उपाध्यक्ष बिष्टले बिश्वास ब्यक्त गरे । बिगतमा परम्परागत गोठ निर्माण गरि गाई तथा भैसि पालन गरेका किसानहरुको दुधजन्य पदार्थ उत्पादनमा समस्या देखा परेसंगै सुधारिएको गोठ तर्फ आकर्षित भएको हो ।