स्वास्थ्य केन्द्र निर्माणमा स्थानीय आफै जुटे

गुगलपाटी संवाददाता मकवानपुर,२१ साउन
२१ श्रावण २०७५ १२:४३

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ भालुखर्कमा स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय आफै जुटेका छन् ।
उनीहरुले आइतबार सहयोग जुटाउने अभियान समेत शुरु गरेका छन् । सामुदायिक स्वास्थ्य केन्द्र निर्माणका लागि हालसम्म ७३ हजार रुपैया संकलन भएको स्थानीय सागर लामाले जानकारी दिए ।हालसम्म स्थानीय धन बहादुर डिम्डुङ ,श्री भिमरत्न रुम्बा, बिशाल लोप्चन,किसान डिम्डुङ,फुर्ब लामा,सुन्दर स्याङ्तान,केशर बहादुर गोले ,बिष्णुमाया लोप्चन , मनकुमारी डिम्डुङ, राजकुमार रुम्बा, शंकर डिम्डुङ ,विक्रम स्याङ्तान , सागर लामा,प्रेम लामा, धन बहादुर स्याङ्तानले उक्त सहयोग गरेको पनि उनले बताए ।
सामुदायिक स्वास्थ्य केन्द्र निर्माणका लागि आफूहरु जुटेका कारण सहयोग गरिदिन पनि उक्त समूहले सबैसंग अपील गरेको छ ।