यस्तो छ प्रदेश तीनको बस्तुस्थिति
गुगलपाटी संवाददाता हेटौंडा,२२ साउननीति तथा योजना आयोगले प्रदेश नम्बर ३ को वस्तुस्थिति विवरण–२०७५ को सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार एक कार्यक्रम गरी मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला मन्त्री शालिराम जम्मरकट्टेल, योजना प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, मुख्य सचिव रेश्मीराज पाण्डेलगायतका अधिकारीले विवरण सार्वजनिक गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमंत्री डोरमणी पौडेलले अनुसन्धानमूलक विकासबाट प्रदेशको समृद्धि खोज्ने प्रयास गरिएको बताउनुभयो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले विवरणमार्फत सार्वजनिक गरिएको तथ्यले प्रदेशको समृद्धिका आवश्यक पर्ने बस्तुको पहिचान र सूचना व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । प्रदेशले सार्वजनिक गरेको विवरणबाट विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति र योजना बनाउन तथा यस विषयमा खोज, अध्ययन र अनुसन्धान गर्न सजिलो हुने उपाध्यक्ष देवकोटाको भनाइ छ ।