अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग
गुगलपाटी संवाददाता हेटौंडा,२३ साउनमकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त पहलमा २ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग गरिएको छ ।
हेटौंडा–१४ नयाँबस्ती निवासी ७५ वर्षीया भोजमाया डंगोल र सोही ठाउँ निवासी १७ वर्षीया सोनी स्याङ्तानलाई उनीहरुको आफ्नै निवासमा पुगि ह्वील चियर हस्तान्तरण गरिएको हो । शारीरिक रुपमा उनीहरु हिँडडुल गर्न सक्दैनन् । डंगोल र स्याङ्तानको परिवारले आफूहरुलाई सहयोग गरेकोमा खुसी लागेको बताए । विगतका दिनहरुमा सामाजिक सहयोग गर्दै आइरहेको मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलले अपाङ्ता भएकाहरुलाई बाहिर भित्र हिँडाउन सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चियर वितरण गरिएको बताएको छ ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ हेटौंडा नारायणी मलका संस्थापक अध्यक्ष कैलाश ढकाल, बर्ष २०१७–१८ का अध्यक्ष प्रल्हाद मिश्र,बर्ष २०१८–१९ का अध्यक्ष डा। सुन्दर श्रेष्ठ, , सेकेण्ड भिडिपि शम्भु नकर्मी, सेकेण्ड भि।पि मिलन थापा मगर, सचिव सन्तोष पराजुली, लायन अन्जन दाहाल,लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष विकेशलाल श्रेष्ठ, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, उपाध्यक्ष जनककुमार डंगोल, सचिब बालकृष्ण दाहाल, अभियान्ता प्रल्हाद घिमिरे, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्का लगायतको उपस्थिती रहेको थियो