माओवादी धर्म बिरोधी पार्टी होइनःअध्यक्ष प्रचण्ड

गुगलपाटी संवाददाता मकवानपुर
६ चैत्र २०७४ १२:३५

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनैपनि धर्मको बिरोधी नभएको बताउनुभएको छ ।
हेटौँडामा गोरक्षश्वर धामले आज गरेको कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री प्रचण्डले राजधानीको लागि हेटौँडानै उपयुक्त भएको र हेटौँडेलीलाई ढुक्क हुन आग्रह गर्नुभयो । धार्मीक पर्यटनको लागि मकवानपुरको गोरक्षश्वरलाई सरकारले सहयोग गर्न तयार रहेको बताउनुहुदै उहाँले आफुहरुको विषयमा विभिन्न अतिवादीहरुले धर्म विरोधी भएको प्रचार गर्ने गरेको भन्दै उहाँले आफुहरु धर्मको सम्मान गर्ने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा ब्यवसायी अजेयराज सुमार्गी, कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, राष्ट्रियसभा सांसद रामनारायण विडारी, प्रदेश सांसद प्रेमबहादुर पुलामी लगाउतले बोल्नु भएको थियो ।